काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्न नपाउने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निषेधित क्षेत्र तोड्ने प्रयास भएको खण्डमा बल प्रयोग गरिने बताएका हुन् । निषेधित क्षेत्रको प्रोटेक्सनको लागि प्रहरी सदैव तयार रहेको उनले बताए ।

‘निधेषित क्षेत्र भनेकै त्यहाँ गएर कुनै किसिमको प्रदर्शन र कार्यक्रम गर्न नदिनका लागि हो । जुन–जुन ठाउँमा निषेधित क्षेत्र तोकिएका छन्, ती क्षेत्रहरुको प्रोटेक्सन नेपाल प्रहरीले गर्छ । हामी कानुन कार्यान्वयन गर्छौं । ती ठाउँहरुमा कुनै पनि अवाञ्छित क्रियाकलाप हुन गर्न नदिनका लागि । कुनै पनि हिसाबले निधेषाज्ञा तोडिँदैन,’– उनले भने ।

advertisement

निधेषित क्षेत्र तोड्ने प्रयास भएका पक्राउ, बल प्रयोगलगायत गरेर प्रहरीले नियन्त्रणमा लिने उनले बताए । प्रहरी प्रवक्ता आचार्यका अनुसार काठमाडौंमा सिंहदरबार, संसद् भवन रहेको स्थान, नारायणहिटी संग्राहलय, उपराष्ट्रपति निवास, राष्ट्रपति निवास र प्रधानमन्त्री निवास वरपरका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रवक्ता आचार्यले मान्छे जम्मा हुनसक्ने, अवाञ्छित गतिविधि हुनसक्ने र निषेधित क्षेत्र तोकिएका ठाउँहरुमा प्रहरी खटाइएको बताए ।

  • रिपोटर्स नेपाल

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com