काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै कानुनी वा संवैधानिक रोकटोक नभएको बताएका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन अन्तर्राष्ट्रिय अभ्यासले पनि नरोकेको उल्लेख गरे ।
उनले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित रहेको जानकारी दिए ।
दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरणका लागि ती तीन प्रमुख दलबीच कुनै मतभेद नरहेको स्पष्ट पारे।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार













प्रतिक्रिया