काठमाडौँ– राजसंस्था पुन:स्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले मानव अधिकार संघसंस्था गुहारेको छ ।
सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलन, पत्रकार सम्मेलन तथा गोष्ठीहरूमा प्रतिबन्ध लगाउन थालेको भन्दै मानव अधिकार संघसंस्था गुहारेको हो ।
समितिका कार्यबहाक संयोजक डा. जगमान गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्था, मिडिया तथा व्यक्तिहरूलाई आवाज उठाइदिन आग्रह गरेका छन्।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार













प्रतिक्रिया