काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र अति नै संकटग्रस्त अवस्थाबाट अहिले बिस्तारै सुधारको दिशातर्फ अगाडि बढिरहेको बताएका छन्।

सोमबार राजधानीमा आयोजित एमाले निकट प्रगतिशील प्राध्यापक संगठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारमा देशको अर्थतन्त्र पूर्ण रूपमा खोक्रो, रित्तो र दिशाहीन बनाइएको बताएका हुन्।

advertisement

उनका अनुसार, तत्कालीन सरकारले बजेट घोषणा गर्नुअघि रातारात ११ हजार नयाँ आयोजना थपेर सम्पूर्ण बजेट प्रणालीलाई अव्यवस्थित बनाएको थियो। “देशमा ७ हजार आयोजना थिए, तर बजेट भाषणको अघिल्लो रातमा एकैचोटि ११ हजार आयोजना थपेर संख्या १८ हजार बनाइयो,” उनले भने, “त्यस्ता आयोजना सञ्चालन गर्नका लागि आवश्यक स्रोत नै छैन, अहिले राज्यसँग तिनका लागि तिर्ने पैसा नै छैन।”

प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष राजस्व संकलन २४ प्रतिशतले घटेको अवस्थामा पनि तत्कालीन सरकारले त्यसलाई ३० प्रतिशतले वृद्धि गर्ने दाबी गरेकोप्रति आलोचना गरे। उनले त्यो त केवल हावादारी बयान मात्र भएको बताए।

“अहिले हाम्रो सरकार अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन निरन्तर प्रयत्नशील छ। यो वर्षभित्रै स्थायीत्व ल्याएर, अर्को वर्षदेखि देशलाई नयाँ युगतर्फ अघि बढाउने लक्ष्य लिएका छौँ,” प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com