काठमाडौँ । शिक्षामन्त्रीको पदबाट राजीनामा दिएलगत्तै विद्या भट्टराईले मन्त्री निवास पनि खाली गरेकी छन्।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएपछि उनी भैंसेपाटीस्थित सरकारी निवास त्यागेर आफ्नै निजी बासस्थानतर्फ फर्किएकी हुन्।
प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच आज दिउँसो छलफल भएको थियो। सोही छलफलपछि उनले आफ्नो पदबाट राजीनामा दिने निर्णय लिएकी हुन्।
शिक्षामन्त्रीको रूपमा शिक्षकहरूको आन्दोलन र उनीहरूले उठाएका मागहरू समाधान गर्न असमर्थ भएपछि भट्टराईले अन्ततः जिम्मेवारीबाट हात झिकेकी हुन्। गत असार ३१ गते शिक्षामन्त्रीमा नियुक्त भएकी उनी विभिन्न विषयमा प्रधानमन्त्रीसँग असहमत रहँदै आएकी थिइन्।
प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार













प्रतिक्रिया