काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षामन्त्रीको राजीनामालाई लिएर कडा प्रतिक्रिया दिएकी छन्। उनका अनुसार, राजीनामा दिने पात्र शिक्षामन्त्री नभई स्वयं प्रधानमन्त्री हुनुपर्ने थियो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार आफ्नो राजीनामा बुझाएकी थिइन्। त्यसपछि सामाजिक सञ्जालमार्फत पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले लेखिन्, “राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्थ्यो प्रधानमन्त्रीको।”

उनले थप कटाक्ष गर्दै भनेकी छन्, “…तर त्यो पर्दैन, हैन त ?”

हाल शिक्षक आन्दोलन चुलिंदै गएको छ र त्यस्तो संवेदनशील समयमा शिक्षामन्त्रीको राजीनामाले सरकारप्रति चौतर्फी आलोचना चर्किंदै गएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com