काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको बताएका छन्।

लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देखाएको भरोसा सरकार पूरा गर्न नसक्दा देशभर नै असन्तुष्टि बढेको उल्लेख गरे।

advertisement

महामन्त्री थापाले आफू निराशा फैलाउन खोजेको नभई यथार्थ उजागर गर्न खोजेको स्पष्ट पार्दै वर्तमान प्रमुख दलका शीर्ष नेताहरूप्रति जनविश्वास कमजोर भइसकेको दाबी गरे। उनका अनुसार, पार्टीभित्र कानुनी प्रक्रिया पुर्‍याएर नेतृत्वमा पुगेका भए पनि आम नागरिकको भरोसा गुमाइसकेकाले ती नेताहरूलाई अब नैतिक रूपमा वैध मान्न सकिने अवस्था छैन।

उनले लोकतन्त्र बलियो बनाउने चाहना राख्दै जनभावनाअनुसार काम नगर्ने नेतृत्वले देशलाई सही दिशामा लैजान नसक्ने चेतावनीसमेत दिए।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com