काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रलाई वैज्ञानिक आधारविहीन पाखण्डी सिद्धान्तको संज्ञा दिएका छन्। बिहीबार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

“कुलघराना र जन्मका आधारमा शासन गर्ने कुनै पनि सिद्धान्त वैज्ञानिक आधारमा टिक्दैन। त्यो अवैज्ञानिक र पाखण्डी सोच हो, जसले सामन्ती युगलाई फर्काउने प्रयास गरिरहेको देखिन्छ,” प्रधानमन्त्री ओलीले भने।

advertisement

उनले पछिल्ला केही घटनाक्रमले जनताको बलिदान, संघर्ष र लोकतान्त्रिक मूल्य–मान्यतामाथि अपमान भएको बताएका छन्। “संविधान र लोकतन्त्रलाई अस्वीकार गर्ने, जनताले प्राप्त गरेको सफलतालाई ख्यालठट्ट बनाउने प्रवृत्ति देखिएको छ,” उनले टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो रोज्दै देशलाई अराजकतातर्फ लैजान खोजिएको आरोपसमेत लगाए। “जनताको हत्या, तोडफोड, आगजनी, निजी घर, पार्टी कार्यालय, व्यवसायिक प्रतिष्ठान र मिडियामाथि आक्रमण भइरहेको छ,” उनले भने, “यस्ता जङ्गली र राक्षसी व्यवहार देखाएर कस्तो शासन लाद्ने योजना बनाइँदैछ भन्ने कुरामा सतर्क रहन जरुरी छ।”

प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न सबै युवा तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com