काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। यसैबीच पाकिस्तानी सैनिकले पन्जाबको भारत-पाकिस्तान सीमामा एक बीएसएफ (सीमा सुरक्षा बल) जवानलाई हिरासतमा लिएको छ।

यसपछि पाकिस्तानी मिडियाले सिपाहीका दुई तस्बिर जारी गरेको छ। एउटा तस्बिरमा आँखामा पट्टी बाँधिएको छ भने अर्को तस्बिरमा एक बीएसएफ जवान एके-४७ र पानीको बोतल लिएर उभिरहेका छन्।यसैबीच जम्मु-कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच पछिल्लो २४ घण्टामा मुठभेड जारी छ।

advertisement

यसमा एक जना सेनाका जवान मारिएको र सुरक्षा बलले आतंककारीका चार सहयोगीलाई पक्राउ गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com