काठमाडौँ । अमेरिका सरकारद्वारा विश्वभर सञ्चालनमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरू बन्द गर्ने निर्णय लिइए पनि नेपालसहित चार देशका परियोजनाहरूलाई भने निरन्तरता दिने निर्णय भएको छ।
अमेरिकाको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (DoGE) को सिफारिसमा आधारित रहँदै अमेरिकी सरकारले विश्वभरका थुप्रै परियोजनाहरू पुनरावलोकन प्रक्रियामा चार देशका परियोजनाहरूलाई अपवादस्वरूप अगाडि बढाउने निर्णय लिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले डचका उच्च अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएका छन्।
यस निर्णयअनुसार, एमसीसी परियोजना निरन्तरता पाउने चार देशहरूमा नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्ट रहेका छन्। समाचार संस्था रोयटर्सका अनुसार नेपाल र सेनेगलमा विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी परियोजना, मंगोलियामा फोहोर पानी प्रशोधन गर्ने परियोजना र आइभरी कोष्टमा विद्यालय पूर्वाधार विकाससम्बन्धी परियोजना रहेका छन्।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया