सुर्खेत ।  नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमाथि बिचौलिया र दलालको संरक्षण गरेको गम्भीर आरोप लगाएका छन्।
शुक्रवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सरकारको नीति र व्यवहारले भ्रष्टाचारलाई प्रोत्साहन दिएको टिप्पणी गरे।

“नेपाल विद्युत् प्राधिकरणमा दक्ष र निष्ठावान् कर्मचारी कुलमान घिसिङजस्ता व्यक्तिमाथि कारबाही गरेर सरकार आफैं द्वन्द्व निम्त्याउने बाटोमा लागेको छ,” उनले भने।

advertisement

महासचिव गुरुङले सरकारले नागरिकको हितभन्दा पनि सत्ताको संरक्षणमा केन्द्रित भएर जनभावनाको अवमूल्यन गरेको आरोप लगाए। “सरकारको असफलताले जनतामा निराशा फैलिएको छ,” उनले थपे, “शिक्षक आन्दोलन तथा शिक्षा विधेयकका सन्दर्भमा सरकारको उदासीन र गैरजिम्मेवार व्यवहारले यसको निकम्मापन उजागर भएको छ।”

उनले वर्तमान सरकार जनताको अभिभावक बन्न असफल भएको स्पष्ट पार्दै जनताको विश्वास गुमाउँदै गएको उल्लेख गरे।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com