काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालोबादल मडारिएको बताएका छन् ।
आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको बताएका हुन् ।
जनताको लामो संघर्ष र ठूलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त भयो । राजतन्त्रको कालमा सत्ताको रसस्वादन गरेकाहरूले त त्यसको विरोध गरिरहेकै हुन्छन्, अहिले हिजो लडेकै जनतामा पनि असन्तुष्टि देखिन्छ,’ उनले भने, ‘यसको मुख्य कारण सत्तासिनहरूको गलत आचरण हो । ’
२०४६ साल र २०६२/०६३ को जनआन्दोलन दबाएकाहरूलाई कारबाही नहुँदा पनि तिनले टाउको उठाउन पाएको उनको भनाइ छ ।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया