काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताधारीको गलत आचरणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालोबादल मडारिएको बताएका छन् ।

आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै केसीले सत्तासिन दलहरूले आफ्नो आचरण सुधार नगर्दा लोकतन्त्र, गणतन्त्रमाथि चौतर्फी हमला भएको बताएका हुन् ।

advertisement

जनताको लामो संघर्ष र ठूलो बलिदानपछि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता प्राप्त भयो । राजतन्त्रको कालमा सत्ताको रसस्वादन गरेकाहरूले त त्यसको विरोध गरिरहेकै हुन्छन्, अहिले हिजो लडेकै जनतामा पनि असन्तुष्टि देखिन्छ,’ उनले भने, ‘यसको मुख्य कारण सत्तासिनहरूको गलत आचरण हो । ’

२०४६ साल र २०६२/०६३ को जनआन्दोलन दबाएकाहरूलाई कारबाही नहुँदा पनि तिनले टाउको उठाउन पाएको उनको भनाइ छ ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com