काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपर्ने बताएका छन् । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘म सरकार ढाल्ने कोशिस गर्छु ।’

साथै, उनले थाइल्याण्डको बैंककबाट फर्किएका पार्टी सभापति शेरबहादुर देउवासँग आज कुराकानी भएको पनि उनले बताए । सभापति देउवासँग संसद् बैठकमा सहभागी हुन आउने क्रममा १२ः ५६ बजे फोनमा कुराकानी भएको नेता तामाङले बताए । ‘१२ बजेर ५६ मिनेटमा मैले फोन गरेँ । फोन दुई घण्टीमा उठाउनुभयो । यहाँहरुलाई स्वागत छ, धन्यवाद छ । पशुपतिको मन्दिर अगाडि मैले क्रश गरेँ । म संसद् जान्छु है, तपाईँहरु निवास जानुुस् मैले भनेँ,’– उनले भने ।

advertisement

नेता तामाङले प्रधानमन्त्री ओली जनजातिविरोधी रहेको बताए । गत महिना नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको, वैशाखमा आफूलाई बखास्त गरिएको र अब जेठको लागि ओलीले कुनै अर्को जनजातिलाई बर्खास्त गर्न ठीक पारेर राखेको उनले आरोप छ ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com