काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई आज (शनिबार) छिमेकी राष्ट्र भारत जाँदै छन्। नयाँ शक्ति पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको उडानमार्फत भारत प्रस्थान गर्नेछन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत जान लागेका हुन्। अधिवेशन भोलि आइतबारदेखि भारतको फरिदाबादमा हुँदैछ।

advertisement

अध्यक्ष भट्टराईसँगै नयाँ शक्ति पार्टीकी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र पार्टीका सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदै छन्।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com