बुटवल । लुम्बिनीमा आयोजित एक समारोह बहिष्कार गर्दै लुम्बिनी प्रदेशका केही मन्त्री र सांसदहरू कार्यक्रमबाट बाहिरिएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री तथा प्रदेश सांसद चन्द्रकेश गुप्ताले सो कार्यक्रम बहिष्कार गरेका हुन्। उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको भए पनि, उनीहरूले आफूहरूलाई बस्ने उपयुक्त स्थान नतोकी गरिएको अपमानजनक व्यवहारको विरोधस्वरूप कार्यक्रम छाडेको बताएका छन्।

advertisement

कार्यक्रम बहिष्कार गरेका सांसद गुप्ता स्वयं लुम्बिनीकै स्थायी बासिन्दा हुन्। वैशाख १३ र १४ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको हो।

यस आयोजनामा चीनका वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीको सहकार्य रहेको छ भने नेपालका संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहयोग गरेका छन्।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com