काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर पद कांग्रेसले पाउनुपर्ने स्पष्ट पारेका छन्। शनिबार दाङमा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा सत्तारुढ दल नेकपा (एमाले) को प्रस्ताव स्वीकृत भइसकेको सन्दर्भ उठाउँदै गभर्नर पद कांग्रेसका भागमा आउनुपर्ने तर्क गरे।
उनले स्मरण गराए कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। अहिलेको गठबन्धन सरकारमा सत्ता बाँडफाँड सन्तुलित हुनुपर्ने बताउँदै उनले कांग्रेसले कम्तिमा ५० प्रतिशत हिस्सा पाउनुपर्ने आवश्यकता औंल्याए।
“हुन त हामीले पूरै सत्ता पाएका छैनौं, तर केही नपाउनु भन्दा ५० प्रतिशत हिस्सालाई नै सकारात्मक रूपमा लिनुपर्छ,” महतले भने। साथै, कांग्रेस सत्तामा नरहेको बेला नेता तथा कार्यकर्ताहरू असुरक्षित महसुस गर्ने गरेको र पुलिस प्रशासनसमक्ष जायज माग राख्दा पनि बेवास्ता गरिएको दुखेसो व्यक्त गरे।
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार












प्रतिक्रिया