काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती दुई घण्टासम्म छलफल भएको छ। उक्त भेटवार्तामा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति यसै साता टुंगो लगाउने सहमति बनेको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने प्रारम्भिक सहमति भइसकेको थियो। तर, डा. भट्टको योग्यता सम्बन्धी प्रश्न उठ्दै सर्वोच्च अदालतमा रिट दायर भएपछि नयाँ विकल्प खोज्ने विषयमा पनि दुवैले छलफल गरेका छन्।
गत चैत २५ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा रहेको छ। गभर्नर नियुक्तिलाई लिएर सत्तारूढ दल एमाले र कांग्रेसबीच मतभेद चुलिन सक्ने संकेत देखिएपछि, सत्ता स्थायित्वलाई ध्यानमा राख्दै प्रधानमन्त्री ओली कांग्रेसले प्रस्ताव गरेको व्यक्तिलाई नियुक्त गर्न तयार भएका छन्।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार












प्रतिक्रिया