काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुने आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी पुनः दोहोराएका छन्।
आज पाचौं पटक म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा मिश्रले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अनुचित रूपमा एक महिनादेखि हिरासतमा राखिएको गुनासो व्यक्त गरे। केही समय लिएर गम्भीर भावनाका साथ उनले न्यायाधीशसमक्ष न्यायका लागि याचना गरे।
“राज्यले गरेको गल्तीलाई न्यायालयले मात्र सच्याउन सक्छ,” मिश्रले भने, “मलाई आजै रिहा गरियोस् ताकि म आफ्नी ८२ वर्षीया आमाको मुख हेर्न सकूँ।” उनले गत १० गतेको इजलासको आदेशलाई स्मरण गर्दै त्यसै अनुरूप आफूलाई तत्काल रिहा गर्न माग गरे।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार












प्रतिक्रिया