काठमाडौँ ।  विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए ।

उनले आफूहरूले सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न गरेको माग नमानेको बताए ।

advertisement

उनले आजको कार्यसूचीमा राख्न माग गरे । पाण्डेले सरकार संसद् र आन्दोलन र अन्य मागबारे जबाफदेही नभएको बताए ।

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com