काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छ्न ।

कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने उनको भनाइ छ ।

advertisement

आजको संसद बैठकमा बोल्दै थापाले एसपीपीबारे आपत्ति जनाएका हुन् । उनले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न छुट नदिने उल्लेख गरे ।

थापाले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो। तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’

यो विषयमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आजै सदनमा जवाफ दिनुपर्ने थापाले माग गरे ।

प्रकाशित मिति: १ असार २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com