काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्ताबाट बाहिरिने निर्णय गरेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा नगरेको भन्दै सरकारबाट अलग हुने तयारी गरिएको जानकारी दिएकी छन्।
वर्तमान सरकारमा नाउपाका नेता अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रूपमा सहभागी छन्। तर रेशम चौधरीको पुनः गिरफ्तारीपछि पार्टीले सरकारमा बस्नुको औचित्य नरहेको ठहर गर्दै समर्थन फिर्ता लिन लागेको हो।
‘रेशमजी छुट्नुपर्छ, अब हामी सरकारमा बस्दैनौं,’ अध्यक्ष श्रेष्ठले भनिन्।
प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार













प्रतिक्रिया