काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई राजा बन्ने सपना त्यागेर सिर्जनात्मक क्षेत्रमा लाग्न आग्रह गरे।

advertisement

‘अब राजा हुने सपना देखेर केहि हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘जिन्दगी सपनामै बित्ने हो भने त्यो व्यर्थ हुन्छ। कलाकारितामा रुचि छ भने सिकेर अघि बढे राम्रो हुन्छ।’

उनको यो भनाइ केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले दिएको अभिव्यक्तिपछिको प्रतिक्रिया स्वरूप आएको हो। पन्तले एक टेलिभिजन अन्तर्वार्तामा हृदयेन्द्र शाहको आकर्षक व्यक्तित्व प्रशंसा गर्दै उनलाई फिल्म क्षेत्रमा आउन सुझाएकी थिइन्। तर, सामाजिक सञ्जालमा उनको उक्त भनाइलाई लिएर आलोचना भइरहेका छन्।

यसप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कलाकारलाई आफ्ना विचार स्वतन्त्र रूपमा राख्न नदिने प्रवृत्तिको विरोध गरे।

‘सुरक्षा पन्तजस्तो कलाकारले कति सकारात्मक कुरा गर्नुभयो,’ प्रधानमन्त्रीले भने, ‘उहाँले त प्रशंसा मात्र गर्नुभएको हो — राम्रो अनुहार छ, कलाकारितामा आओस् भनेर। त्यस्तो कुरा सुनेर रिसाउने, गाली गर्ने के कारण छ?’

प्रधानमन्त्री ओलीले हृदयेन्द्र शाहलाई समेत सल्लाह दिँदै भने, ‘तपाईंको बाबुले सिकाएर कला क्षेत्रमा ल्याउनुभयो भने राम्रो हुन्छ। केही व्यक्तिको चिच्याहटले गलत कुरा सही हुँदै

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com