काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले भारतको कश्मिरमा नेपाली मारिँदा पनि मौन रहने संवैधानिक आयोगको कुनै काम नभएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनलेलेखेका छन्, – ‘जब नेपाली मारिँदा संवैधानिक आयोग मौन रहन्छ भने त्यो संवैधानिक आयोगको कुनै काम छैन।’
जुनसुकै बहानामा पनि नेपालीको हत्या हुनु दु;खद भएको बताउँदै आफू यस्तो हत्याका विरुद्ध सदैव उभिरहने शाहीले जिकिर गरे।
उनले लेखेका छन्, ‘इराकमा हत्या गरिएका १२ जना नेपालीको कुरा होस् या इजरायलमा प्यालेस्टानीद्वारा हत्या गरिएका १० जना नेपालीको कुरा होस् वा हिन्दु हो भन्दै भारतको जम्मु कश्मिरमा हत्या गरिएका सुदिप न्यौपानेको कुरा होस्। नेपालीलाई हत्या गर्ने जोसुकै होस् म हत्याराका विरुद्धमा छु। म एक्लै भए पनि हत्याराका विरुद्धमा खडा हुन्छ।’
उनले नेपाल सबै धर्मको देश हो भने कुनै एक धर्मको मात्र संवैधानिक आयोग किन छ? भनेर प्रश्न समेत गरे। ‘तर एउटा कुरो यदि यो सबै धर्मको देश हो भने कुनै एक धर्मको मात्र संवैधानिक आयोग किन छ? संवैधानिक आयोग नै बनाउने हो भने बुद्धिस्ट आयोग ,किरातँ आयोग ,हिन्दु आयोग पनि बनाउ, सबैलाई समान व्यवहार राज्यले गरोस्। होइन भने एकाध धर्मको आयोग बनाउनुपर्ने कुनै कारण छैन,’ उनले भनेका छन्।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया