काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाउने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शिक्षा सुधारको लागि नीतिगत व्यवस्था गर्ने बताएका हुन् ।

‘विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने,’ राष्ट्रपति पौडेलले भने ।

advertisement

विश्वविद्यालयलाई अनुसन्धानमा विकास गर्ने राष्ट्रपति पौडेलले घोषणा गरे । ‘विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धानतर्फ केन्द्रीत गर्ने,’ उनले भने ।

राष्ट्रपति पौडेलले उद्यमशीलता मैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको बताए ।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com