काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड भाग आगामी १० दिन आंशिक रूपमा बन्द रहने भएको छ।
सडक डिभिजन कार्यालयका अनुसार वैशाख २२ गतेदेखि ३१ गतेसम्म प्रत्येक रात ११ बजेदेखि बिहान ३ बजेसम्म उक्त खण्डमा सवारी आवागमन आंशिक रूपमा रोकिनेछ। निर्माण तथा मर्मतसम्बन्धी कार्यका कारण यो बन्द गरिने जनाइएको छ।
यस अवधिमा साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। यात्रुहरूले पूर्वतयारीसहित यात्रा गर्न तथा ट्राफिक नियमको पालन गर्न कार्यालयले आग्रह गरेको छ।
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार













प्रतिक्रिया