काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कका साथ भन्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्।

ओलीले विपक्षीको काम नै विरोध गर्ने भएको बताउँदै सत्य भए पनि विरोध गर्ने, असत्य पनि विरोध गर्ने काम उनीहरूले गरेको दाबी गरे । नीति तथा कार्यक्रमको एउटा पनि बुँदालाई उनीहरूले (विपक्षी) राम्रो नभनेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सदनमा कसैले गलत बोले भने त्यसलाई रेकर्डबाट हटाउन नभन्ने धारणा राखे ।
‘केही गलत कुरा बोल्यो कि रेकर्डबाट हटाउने माग गर्न थालिहाल्छन् त्यो गलत हो, गलत बोलेको कुरा पनि रेकर्डमा रहनुपर्छ किनभने पछिको पुस्ताले पनि थाहा पाओस् कि हाम्रा पुर्खाले के बोलेको थिए’ उनले भने । प्रधानमन्त्री ओलीले संसदमा आफ्नो कुरा अध्ययन गरेर प्रस्ट रुपमा कुरा राख्न समेत सांसदहरूलाई आग्रह गरे

advertisement

एमालेको संसदीय दल आकारको हिसाबले मात्र ठुलो होइन, विचार र मुद्दाको हिसाबले समेत ठुलो रहेको बताउँदै उनले संसदमा बोल्नका लागि बुँदाहरू लेखेर जान पनि आग्रह गरे । ‘बुँदा लिएर गएमा कुनै कुरा छुट्दैन, ती बुँदालाई मज्जाले व्याख्या गर्न सजिलो हुन्छ’ उनले भने, ‘संसदमा तत्काल उठ्ने गलत कुरालाई प्रतिवाद गर्न पनि तयारीका साथ बोल्नुपर्छ ।’

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com