काठमाडौँ । नेपालका लागि जापानका राजदूत माइदा तोरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।
भेटवार्तामा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध पक्षहरू तथा सहकार्य विस्तारका सम्भावनाहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दुबै पक्षले आगामी वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष रूपमा मनाउने विषयमा समेत विचारविमर्श गरेका थिए।
शिष्टाचार भेटका क्रममा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए।
प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार












प्रतिक्रिया