काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी संसदीय अध्ययन समिति बन्न इन्कार गरेका छन्। भट्टराईले आफू विगतमा पर्यटनमन्त्री रहेको र आफ्नो नेतृत्वको विषयमा समेत प्रश्न उठेपछि आफूले संयोजक रहन नचाहेको उनले बताए ।

आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले, “अघिल्लो कार्यकालमा म सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा थिएँ। अहिले फेरि सोही विषयमा अध्ययन गर्न उपसमितिमा बस्नु नैतिक रूपमा उपयुक्त देखिनँ,” भन्दै आफू समितिबाट अलग हुने निर्णय सुनाए।

advertisement

उनका अनुसार अध्ययन उपसमितिलाई दिइएको कार्यादेश (टीओआर) अनुसार प्रारम्भिक प्रतिवेदन तयार भइसकेको थियो। तर, नेतृत्वमा फेरबदल भएपछि नयाँ संयोजकले आ-आफ्नो शैलीमा काम अगाडि बढाउन सक्ने बताएका छन्। “अबको छलफल र प्रक्रिया नयाँ संयोजकको मोडेलमा अघि बढोस् भन्नेमा मेरो कुनै आपत्ति छैन,” उनले स्पष्ट पारे।

१४ असार २०८१ मा सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरेको थियो। पोखराको छानबिन उपसमितिको संयोजक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन रहेका छन्। उक्त उपसमितिले आफ्नो प्रतिवेदन समितिमा बुझाइसकेको छ। तर, भैरहवा विमानस्थलसम्बन्धी उपसमितिले भने प्रतिवेदन बुझाउन बाँकी छ।

हाल भैरहवा विमानस्थल अध्ययन उपसमितिमा अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य रहेका छन्।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com