काठमाडौं । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपको लागि आज पुनः जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। एक साताअघि थप गरिएको म्याद सकिएपछि उनलाई आज अदालत ल्याइएको हो।
मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पुर्याइएको थियो। गाडीबाट ओर्लिएपछि समेत हत्कडी नखोलिएको राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले जानकारी दिए।
अदालत परिसरमै एक राप्रपा कार्यकर्ताको मोबाइल प्रहरीले खोसेका थिए । काठमाडौं क्षेत्र नं. १ का राप्रपा कार्यकर्ता जोशीको मोबाइल फोन प्रहरी परिसरको प्रतीक्षालयबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। मिश्रलाई बाहिर निकालिँदै गरेको जानकारी पाएपछि उनले वकिलहरूलाई खबर गर्न फोन उठाउन खोजेका थिए, तर त्यसअघि नै प्रहरीले फोन खोसेको बताइएको छ।
जोशीले मिश्र अदालतभित्र प्रवेश गरिसकेपछि मात्र आफ्नो मोबाइल फिर्ता पाएका हुन्।
प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार












प्रतिक्रिया