काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दलहरूभित्र हुने विभिन्न समस्याहरू त्यहीँ भित्रबाट समाधान हुनुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

advertisement

उनका अनुसार, ती समस्याहरूलाई राष्ट्रिय राजनीतिमा बिसाउन नहुने एमालेको निष्कर्ष छ ।

‘दलहरूभित्र आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन । दलभित्रका समस्या आफ्नो ठाउँमा होलान् । हाम्रो पार्टीमा केही समस्या छन् भने त्यो समाधान गर्ने दायित्व हाम्रो हो,’ ज्ञवाीलले थप प्रष्ट पार्दै भनेका छन्, ‘पार्टीभित्रका समस्या यदी राष्ट्रिय राजनीतिमा जोडिन थाले, त्यहाँ गएर समाधान खोज्न थालियो, त्यहाँभित्रको समस्यालाई त्यहाँ पोख्न थालियो भने त्यसले राम्रो गर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com