काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा राजावादी झन्डै हाबी भइरहेको अवस्थामा आफूले तह लगाएको बताएका छन्। शनिवार नेकपा एसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

‘झन्डै राजावादीहरू हाबी देखिएको अवस्थामा हामी चार वटा वामपन्थी पार्टीले सोच्यौँ, यो राष्ट्रिय राजनीतिको एजेन्डा, यो गणतन्त्र बचाउने एजेन्डा, ०६२÷६३ को जनक्रान्तिको एजेन्डा,’ अध्यक्ष नेपालले भने, ‘यो हाम्रो एजेन्डा हो, अरू कसैको होइन। हामीले जन्माएको, हामीले ल्याएको यो व्यवस्था हो । अरूले ल्याएको व्यवस्थामा हामी गएको होइन।’

advertisement

तर यही व्यवस्थामा आफू नरोकिने पनि उनले बताए। ‘अवश्य पनि हामी यही व्यवस्थामा अडिन्नौँ। समाजवादी गणतन्त्र, उन्नत लोकतन्त्रमा हामी अगाडि बढ्नेछौँ। त्यसको निम्ति हामी बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्नेछौँ,’ अध्यक्ष नेपालले भने।

‘जब गणतन्त्रमाथि खतरा आयो, अरूले मतलब राखेनन् हामीले चासो राख्यौँ। चैत १५ गते हामीले सभा राख्यौँ,’ उनले भने, ‘आज राजावादीको मनोबल खस्केको छ। त्यो हामीले कार्यक्रम गरेर हो।’

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com