धनकुटा। धरानबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस सोमबार धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राम नजिकै दुर्घटनामा पर्दा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

को १ ख २१७७ नम्बरको उक्त बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएकामध्ये उपचारका क्रममा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

advertisement

मृत्यु हुनेमा धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेल, धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय चालक रुद्र तामाङ र भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान ४ बजे निधन भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको धनकुटा अस्पताल, एक जनाको विराटनगरस्थित नोबेल अस्पताल र बाँकीको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घाइते यात्रुहरूमा षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ र अनमोल तामाङ, सुनसरी बराहक्षेत्र–२ का कृष्ण राउत, भोजपुर पौवादुङमा–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ की सविना बराइली र देवी विक, धनकुटा साँगुरीगढी–६ का हंशबहादुर राई र दीर्घमाया राई, भोजपुर षडानन्द–११ की पूर्णमाया तामाङ, इटहरीका आयुष राई तथा धनकुटा–६ का धनकुमार विक रहेका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com