काठमाडौं ।  छतबाट खसेर गम्भीर घाइते भएका एक प्रहरी सहायक निरीक्षक (असई) प्रेम कटवालको निधन भएको छ।

धनकुटा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय कटवाल कोशी प्रदेशस्थित इटहरी उपमहानगरपालिका–१० स्थित आफ्नै घर बिदामा आएका थिए। घरको निर्माणाधीन छतमा पानी हाल्ने क्रममा उनी अचानक खसेका थिए।

advertisement

प्रहरीका अनुसार छतबाट खस्दा गम्भीर चोट लागेका कटवाललाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन्।

घटनाबारे जानकारी दिँदै कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले दुर्घटनामा असई कटवालको निधन भएको पुष्टि गरेका छन्।

कटवालको निधनप्रति प्रहरी परिवारमा शोक छाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com