काठमाडौं । पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति संसदमा प्रश्न उठेको छ। नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले अहिलेको संवेदनशील परिस्थितिमा यस्तो भ्रमण उपयुक्त नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साउदले छिमेकी देशमा हालै भएको भीषण आतंककारी हमला र क्षेत्रीय सुरक्षा स्थितिलाई बेवास्ता गर्दै पाकिस्तानको सैन्य टोली नेपाल आउनु उचित नहुने धारणा व्यक्त गरे। उनले भने, “यद्यपि भ्रमण पूर्व निर्धारित नै हो, तर वर्तमान परिस्थितिलाई विचार गर्दै कूटनीतिक संवेदनशीलता देखाउँदै भ्रमण तत्कालका लागि स्थगन गर्नु उपयुक्त हुनेथियो।”
नेता साउदले नेपाली नागरिकसमेत आतंकको चपेटामा परेको र छिमेकी मुलुकमा युद्धको अवस्था सिर्जना भएको उल्लेख गर्दै नेपाल सरकारलाई अन्तर्राष्ट्रिय दायित्व र कूटनीतिक मर्यादा अनुसार निर्णय गर्न सुझाव दिए।
यसैबीच, तय गरिएको तालिकाअनुसार पाकिस्तानको सैनिक टोली एक तालिम कार्यक्रममा सहभागी हुन काठमाडौं आएको सरकारी स्रोतले जनाएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया