एजेन्सी । गएराति भारतद्वारा पाकिस्तानमा गरिएको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरका १० जना परिवारका सदस्यको ज्यान गएको छ।

राष्ट्रसंघले आतंककारी घोषणा गरिसकेको अजहरले पाकिस्तानको बहावलपुरस्थित शुभानअल्लाह मस्जिदलाई लक्षित गरी भारतले गरेको हवाई हमलामा आफ्ना परिवारका सदस्यहरू र निकट सहयोगीहरू मारिएको बताएका हुन्।

advertisement

जैश–ए–मोहम्मदले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा अजहरका दिदी, भिनाजु, भान्जा, पत्नी र पाँचजना साना बालबालिकासहित १४ जनाको ज्यान गएको उल्लेख छ।

सन् २०१९ मा भारतको पुलवामामा भएको आत्मघाती हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए, जुन घटनाको जिम्मेवारी यही जैश–ए–मोहम्मदले लिएको थियो।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com