काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि स्थिति तनावग्रस्त भएको छ।

धुलिखेलमा आयोजित साधारण सभाको प्रवेशद्वारमै थापालाई पास नभएको भन्दै एक समूहले रोक लगाएपछि विवाद उत्पन्न भएको हो।

advertisement

प्रवेश नपाएपछि आक्रोशित बनेका थापाले भने, “या त अदालतको निर्णयको अवज्ञा गर्ने भनौं, नत्र मलाई साधारण सभामा प्रवेश गर्न दिनुपर्छ।”

थापालाई फिफाले १६ अप्रिल २०१५ देखि निलम्बन गरेको थियो। करिब एक दशकपछि, १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी पुनः फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन्।

यसबीच, नेपाली अदालतले पनि थापालाई एन्फाको साधारण सभामा सहभागी हुन अनुमति दिइसकेको छ। त्यसैको आधारमा उनी धुलिखेलमा सभामा भाग लिन आएका थिए।

तर, पास नदिइएको बहानामा रोक लगाइएको घटनाले एन्फाको आन्तरिक विवाद पुनः सतहमा आएको देखिएको छ।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com