काठमाडौं । भारतको रक्षा मन्त्रालयले देशका विभिन्न सीमावर्ती क्षेत्रमा शंकास्पद सशस्त्र ड्रोनहरू देखिएको जनाएको छ। बारामुल्लादेखि भुजसम्म फैलिएका २६ स्थानमा ती ड्रोनहरूको गतिविधि देखिएको हो, जसले नागरिक तथा सैन्य संरचनामा क्षति पुर्‍याउने सम्भावना रहेको मन्त्रालयको भनाइ छ।

बीबीसीको रिपोर्टअनुसार, यी ड्रोनहरू बारामुल्ला, श्रीनगर, अवन्तिपोरा, नगरोटा, जम्मू, फिरोजपुर, पठानकोट, फाजिल्का, लालगढ जट्टा, जैसलमेर, बारमेर, भुज, कुआरबेट र लाखी नालाको अन्तर्राष्ट्रिय सीमा तथा नियन्त्रण रेखानजिक देखिएका छन्।

advertisement

फिरोजपुरको एक नागरिक बस्तीमा यस्तै एक ड्रोनले आक्रमण गर्दा थुप्रै स्थानीय घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ।

रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “भारतीय सुरक्षा बलहरू उच्च सतर्क अवस्थामा छन्। हवाई आक्रमणका खतरा न्यूनिकरणका लागि काउन्टर–ड्रोन प्रविधिको प्रयोग भइरहेको छ। स्थिति नियालिराखिएको छ र आवश्यक परेको खण्डमा तुरुन्त प्रतिकारात्मक कारबाही भइरहेको छ।”

मन्त्रालयले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई घरमै बस्न र सुरक्षासम्बन्धी सबै निर्देशन पालना गर्न आग्रह गरेको छ। सेनाले अवस्था नियन्त्रणमा रहेको भए पनि सतर्कता अपनाउन आवश्यक रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com