काठमाडौं । सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौकस्थित पिकअप भ्यान दुर्घटना हुँदा त्रियुगा नगरपालिका-८ राजाबास बस्ने ३० वर्षीय प्रहरी असई बिरोध खतिवडाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार दिउसो ११:५० बजेतिर इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान सडक किनारमा रहेको फलामको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो।

दुर्घटनाबाट टाउको, छाति तथा शरीरका विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका खतिवडालाई उद्दार गरी बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचार गर्ने क्रममा १२:२१ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

advertisement

मृतक खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए। उनी सामाजिक संजालमा लोकप्रिय थिए।उक्त पिकअप भ्यानमा खतिवडा सँगै रहेका उदयपुर, चौदण्डीगढी नगरपालिका ६ बस्ने ३८ बर्षीय चालक सुरेश कार्की र चालकको १४ वर्षीय छोरी रोजिना कार्कीलाई छाति तथा टाउकोमा चोट लागेको छ। उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com