काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावपूर्ण परिस्थितिमा अमेरिकाले सक्रिय कूटनीतिक पहल थालेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले दुबै देशका उच्चस्तरीय अधिकारीहरूसँग संवाद गरेका छन्।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्टेट डिपार्टमेन्टको स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार रुबिओले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका सेनापति जनरल असिम मुनिरसँग टेलिफोन संवाद गरेका हुन्।

advertisement

वार्ताका क्रममा अमेरिकी विदेशमन्त्रीले क्षेत्रीय शान्ति कायम राख्न र युद्धको सम्भावना न्यूनिकरण गर्न तत्काल तनाव घटाउने र प्रत्यक्ष संवादको वातावरण सिर्जना गर्न आग्रह गरेका थिए।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारत–पाकिस्तानबीचको युद्धप्रति अमेरिका कुनै पक्षमा नरहेको तथा त्यसमा रुचि नरहेको स्पष्ट पारेका थिए। उक्त अभिव्यक्तिपछि अमेरिकी विदेशमन्त्रीद्वारा दुबै देशसँग समन्वय गर्न खोजिएको यो प्रयास कूटनीतिक रुपमा अर्थपूर्ण मानिएको छ।

यस्तो चासो र प्रयासले दक्षिण एशियाली क्षेत्रको स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायको भूमिका अझ सशक्त भएको संकेत गर्दछ।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com