काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानीस्थित निर्मल निवासमै नजरबन्द गरिएको भन्ने हल्ला सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिएको छ। तर, पूर्वराजा निकट स्रोतले यस्ता दावीहरू पूर्ण रूपमा असत्य र भ्रामक भएको स्पष्ट पारेका छन्।

जेठ १५ देखि राजसंस्था समर्थक समूहले काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन्। यही सन्दर्भलाई जोडेर पूर्वराजा शाहलाई सरकारले घरमै थुनिएको भनेर अफवाह फैलाइएको हो।

advertisement

पूर्वराजाका संवाद सचिव फणि पाठकले एक वक्तव्य जारी गर्दै भनेका छन्, – ‘….ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा  कुनै सत्यता नरहेको जानकारी गराउन चाहान्छु’,

यस्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि यस्तो खबरको कुनै सत्यता नरहेको र यसबारे सरकारले नै खण्डन गर्नुपर्ने बताए । उनले फेसबुकमै भनेका छन्, ‘..ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको भन्ने केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा कुनै सत्यता छैन । आन्दोलन विरोधीहरुले फैलाएको सुनियोजित भ्रममा कोही नपरौं।सरकारका जिम्मेवार निकायले तुरुन्त खण्डन गरोस् ।’

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com