काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको बताए।
उनले भारतको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताए। सोही क्रममा १० मेमा पाकिस्तानी पक्षले भारतीय पक्षसँग सम्पर्क गरेर युद्ध रोक्न आग्रह गरेको उनको भनाइ छ।

‘पाकिस्तानले तनाव कम गर्न संसारभरि गुहार लगाइरहेका थिए। तबसम्म हामीले पाकिस्तानमा रहेको आतंकवादको संरचनालाई ध्वस्त पारिसकेका थियौं। आतंककारीहरू मारिएका थिए।

advertisement

पाकिस्ताको मुटुमा बस्ने आतंकी अड्डालाई खण्डहर बनाइदिएका थियौं। त्यसपछि पाकिस्तानबाट गुहार लगाइयो। उसबाट अगाडि कुनै आतंकी र सैन्य दुस्साहस नदेखाउने प्रतिबद्धता जनाइयो। अनि भारतले पनि विचार गर्‍यो। म फेरि दोहोर्‍याए भन्छु, अपरेसन सिन्दुर अहिले स्थगित मात्र गरेका हौं,’ उनले भने।

उनले पाकिस्तानको व्यवहारमा आगामी रणनीति तय गरिने बताए। ‘हामीले अपरेसन सिन्दुरलाई अहिले स्थगितमात्र गरेका छौं। पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौं। उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौं,’ उनले भने।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com