काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा रहेको एक घरमा भीषण आगलागी भएको छ।
उक्त घरमा रहेका व्यक्तिहरूको उद्दार कार्य जारी रहेको र आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाको दमकलसहितको टोली परिचालित गरिएको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ।
दमकल र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा आगो निभाउने कार्य तीव्र गतिमा जारी रहेको छ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार













प्रतिक्रिया