काठमाडौं । काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा २०८१ चैत २९ गते एक महिलाको हत्या भएको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोटको सूर्यगढी नगरपालिका स्थायी घर भई काठमाडौंको काभ्रेस्थलीमा बसोबास गर्दै आएकी २८ वर्षीया विमला तामाङ मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको ११ दिनपछि उनको शव सडेगलेको अवस्थामा भेटिएको हो।

advertisement

यस घटनामा संलग्न रहेको आरोपमा धादिङको गल्छी गाउँपालिका स्थायी घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिल बोहराका अनुसार, पन्त पूर्व भारतीय सैनिक हुन् र हाल भारतीय सेनाबाट पेन्सन लिँदै आइरहेका छन्।

प्रहरीका अनुसार, रामचन्द्र र विमला विवाहबाहेकको सम्बन्धमा थिए। बागबजारको गेस्ट हाउसमा विमलाको हत्या गरेपछि पन्त फरार भएका थिए। मंगलबार भारतबाट नेपाल फर्किँदै गर्दा उनलाई नागढुंगामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धान प्रहरी वृत्त सिंहदरबारमार्फत अघि बढाइएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com