काठमाडौं । ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ।
मंगलबार दिउँसो चिडियाखानामा आएका दुई युवाले रेड पाण्डा चोरीको प्रयास गरेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार ती युवकहरूले रेड पाण्डालाई झोलामा हालेर लैजान खोजेका थिए।
“चिडियाखानामा रहेको एकमात्र रेड पाण्डालाई उनीहरूले झोलामा हालेर लैजाने कोसिस गरे तर पछि छाडेर भागे,” एसएसपी अधिकारीले जानकारी दिए।
यस घटनापछि चिडियाखानाका प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले घटनाको अनुसन्धान थालेको छ। हाल ती फरार युवकहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
दुर्लभ प्रजातिका वन्यजन्तुको चोरी प्रयास भएपछि चिडियाखानामा सुरक्षा सतर्कता बढाइएको छ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार













प्रतिक्रिया