काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको हटाइएपछि देशभर पुनः विद्युत आपूर्तिमा समस्या देखिन थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद किरातीले हालैको पूर्वी नेपाल भ्रमणका क्रममा आफैँले समेत पटक–पटक बत्ती गइरहेको देखेको अनुभव साझा गरे।

advertisement

“यो अवस्था के अघोषित लोडसेडिङ हो? वा विद्युत प्राधिकरणको कमजोर व्यवस्थापनको नतिजा?” भन्दै उनले सरकारसँग जवाफ मागे।

उनले घिसिङको नेतृत्वमा लाभमा रहेको प्राधिकरण अहिले एकाएक संकटग्रस्त देखिन थालेको श्वेतपत्रमार्फत देखाइएकामा पनि गम्भीर आशंका व्यक्त गरे।

“के यो कुनै योजनाबद्ध प्रपञ्च हो, जसको उद्देश्य प्राधिकरणलाई सस्तो मूल्यमा निजीकरण गर्ने हो?” भन्दै उनले सरकारलाई चेतावनी दिए, “अब जनता सजिलै झुक्किनेवाला छैनन्। आकाशमा चिल देखाएर जमिनबाट कुखुरा चोर्ने स्यालको चाल अब चल्दैन।”

किरातीले यस्तो प्रयास देशको लागि दुर्भाग्यपूर्ण हुने उल्लेख गर्दै सरकारलाई त्यस्तो गलत दिशामा नजान कडा रूपमा सचेत गराएका छन्।

 

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com