काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा एक हृदयविदारक घटना घटेको छ। ४२ वर्षीय लिलाराज गिरीले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन्।

गिरीले दाजु दया गिरीका अन्दाजी ६/७ वर्षका छोरा सजन गिरी र आफ्नी छोरी प्रभामाथि खुर्पा प्रहार गरेका थिए। गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको भए पनि उपचारकै क्रममा आज बिहान दुबैको मृत्यु भएको हो।

advertisement

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए। उनी अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com