काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । त्यसक्रममा मिश्रले आफूले राज्य विरुद्धको कसूर नगरेको बताएका छन् । उनले इजलास समक्ष भने,’८४ वर्षे आमाको कसम खाएर भन्छु मैले राज्यविरुद्ध कसुर गरेको छैन ।’
तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जानको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया