एजेन्सी । हैदराबादको चारमिनार नजिकको गुलजार हाउसस्थित एक भवनमा आइतबार बिहान भीषण आगलागी हुँदा १७ जनाको ज्यान गएको छ। मृतकमध्ये ८ जना बालबालिका रहेका छन्, जसको पुष्टि सञ्चारमाध्यमहरूले गरेका छन्।

प्रहरीका अनुसार तीनतले भवनको भुइँतल्लाबाट आगो सुरु भएको थियो। आगलागीबाट प्रभावित १५ जनालाई सकुशल उद्धार गरिएको छ भने केही व्यक्ति अझै पनि भवनभित्र फसेको आशंका गरिएको छ। उद्धार कार्य जारी रहेको जनाइएको छ।

advertisement

दमकल विभागलाई बिहान ६ बजे आगलागीको जानकारी गराइएको थियो। त्यसलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर उद्दार कार्य आरम्भ गरेको थियो। करिब दुई घण्टाको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

आगोको कारण सर्ट सर्किट भएको अनुमान गरिएको छ। धेरैजना अचेत अवस्थामा भेटिएका थिए भने करिब १० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ। सबै मृतक भुइँतल्लामै रहेका थिए। घटनाले स्थानियवासी तथा पीडित परिवारमा ठूलो पीडा र स्तब्धता छाएको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com