एजेन्सी । रुसले युक्रेनमाथि एकैदिन २७३ ड्रोन प्रहार गरेको छ । यो सन् २०२२ मा पूर्णस्तरको युद्ध सुरु भएयता एकैदिन सबैभन्दा धेरै ड्रोनबाट गरिएको आक्रमण भएको द गार्जियन न्युजले जनाएको छ ।

यो आक्रमणमा युक्रेनको राजधानी किभ क्षेत्रकी एक २८ वर्षीया महिला मारिएकी छन् । बालबालिकासहित कम्तीमा तीनजना घाइते भएका छन् ।

advertisement

युक्रेनी वायुसेनाका अनुसार, यी ड्रोन मुख्यतः किभ, डिनप्रोपेत्रोभ्स्क र डोनेट्स्क क्षेत्रलक्षित थिए । तीमध्ये ८८ ड्रोन खसालिएका थिए । १२८ ड्रोन रडारबाट हराएका जनाइएको छ ।यो हमला सन् २०२५ को फेब्रुअरी २३ मा गरिएको २६७ ड्रोन आक्रमणभन्दा ठूलो हो । उक्त आक्रमण युद्धको तेस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरिएको थियो ।

यो आक्रमण युक्रेन र रुसबीच २०२२ पछि पहिलोपटक भएको प्रत्यक्ष वार्ताको दुई दिनपश्चात् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भएको फोनवार्ताको एक दिनअघि हो ।

युक्रेनी अधिकारीले यो आक्रमणलाई वार्ताको समयमा दबाब सिर्जना गर्न गरिएको हिंसात्मक रणनीति भनेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि कडा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com