काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला सङ्ग्रौलाले झापाको दमकमा बनेको बिजनेस टावरलाई ‘भ्रष्टाचार टावर’ भनेकी छन्।

खेतीयोग्य जमिन मिचेर उक्त टावर बनाइँदा राज्यको चार अर्ब स्वाहा भएको टिप्पणी उनले गरेकी छन्। ‘खेतीयोग्य जमिन मिचेर ओलीज्यूले खडा गरेको दमकको ‘भ्रष्टाचार टावर’मा राज्यको ४ अर्ब फोकटमा स्वाहा,’ उनले सामाजिक संजालमा लेखेकी छन्।

उनले थप लेखेकी छन्, ‘शासन-सत्ता हातमा लिएर देश लुट्ने भ्रष्टाचारीको चौतर्फी भण्डाफोर गरौँ।’

यो टावर प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको टावर हो।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com